अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि पुरुषतर्फ एनआईसी एसिया र महिलातर्फ ग्लोबल आईएमईलाई

आर्थिक लाइभ
आर्थिक लाइभ ८ आश्विन २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८० को पुरुषतर्फ एनआईसी एसिया बैंक र महिलातर्फको ग्लोबल आइएमई बैंकले उपाधि जितेका छन् ।

संविधान दिवसको अवसरमा आयोजना गरिएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८० मा एनआइंसी एसियाले फाइनल खेलमा प्राइम कमर्सियल बैंकलाई ४–३ गोलले पराजित गरेको थियो । त्यस्तै, महिलातर्फ ग्लोबल आईएमई बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई टाइब्रेकरमा २–१ ले हराएको थियो ।

टुर्नामेण्टको उत्कृष्ट खेलाडी पुरुष समूहमा एनआईसी एसियाका ठाकुर श्रेष्ठ र महिलातर्फ स्ट्याण्डर्ड चार्टर्डकी अनुराधा केसी, सर्वाधिक गोलकर्ता पुरुषतर्फ सिद्धार्थ बैंकका शान्तिराम कार्की, महिलामा ग्लोबलकी चन्द्रिका भट्ट भएका थिए ।

उनले ७ गोल गरी सर्वाधिक गोलकर्ताको उपाधी पनि जितिन् । साथै, बैंकका तर्फबाट गोल रक्षक केष माया गुरुङ्गले सबै खेलहरुमा उत्कृष्ट बचाउ गर्नुका साथै फाइनल खेलमा आफ्नो टिमको तर्फबाट पेनाल्टी हाल्ने अवसरलाई गोलमा परिणत गरी टिमलाई बिजेता बनाउन महत्वपूर्ण भूमिका खेलिन् ।

खेलमा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई मेडल, ट्रफी र नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै, खेृलका विजेता र उपविजेतालाई टिमलाई क्रमश १ लाख र ५० हजार साथै मेडल र ट्रफी प्रदान गरिएको नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष प्रकाश पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । विजेताहरुलाई राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले पुरस्कार प्रदान गरेका थिए ।

बिजेता ग्लोबल आइएमई बैंकको तर्फबाट टिम कप्तान चन्द्रिका भट्टको नेत्तृवमा लुनिभा भुजुँ, पुष्पा कोईराला, शुभेक्षा बिडारी, राम कुमारी लिम्बु, केष माया गुरुङ्ग र शोभा न्यौपाने सहभागि भएका थिए ।

टिम व्यवस्थापकको भूमिकामा गुन्जिता शर्मा र प्रशिक्षकमा सागरबहादुर सिंहको सहभागिता थियो । टिम प्रशिक्षक सिंहले उक्त प्रतियोगितामा आफ्नो टिमलाई विजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array