राष्ट्र बैंकले थाल्यो १० र २५ ग्रामका चाँदीका सिक्काको बिक्री

आर्थिक लाइभ
आर्थिक लाइभ ७ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री सुरु गरेको छ ।

राष्ट्र बैंक टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात पुराना मेसिनहरू मर्मत सम्भार गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गर्दै उक्त सिक्का टकमरी गरी बिक्री सुरु गरेको राष्ट्र बैंकले जनाएको छ ।

महाशाखाले आइतबारदेखि राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको २०८० जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो

बरमहलस्थित टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरे । महाशाखाले १० ग्राम सिक्काको मूल्य १ हजार ६०० र २५ ग्राम सिक्काको मूल्य ४ हजार निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्