अर्थतन्त्रको अधिकांश सूचक सकारात्मक सूचक

आर्थिक लाइभ
आर्थिक लाइभ ३१ भाद्र २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं । अर्थतन्त्रका सबैजसो सूचक सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन महिनामा अर्थतन्त्रका सबैजसो सूचक सकारात्मक देखिएका हुन् ।
गएको असारको तुलनामा २ दशमलव २ प्रतिशतले बढेर विदेशी मुद्राको सञ्चिति १५ खर्ब ७३ अर्ब रुपैयाँ नाघेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ११ अर्ब ८५ करोड पुगेको छ ।

यस्तै चालु खाता १२ अर्ब ९९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको साउनमा चालु खाता १५ अर्ब १३ करोड रुपैयाँले घाटामा रहेको थियो ।

यस्तै साउनमा शोधनान्तर स्थिति ३२ अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको साउनमा शोधनान्तर स्थिति १९ अर्ब ७६ करोड रुपैयाँले घाटामा रहेको थियो ।

अर्थतन्त्रका धेरै सूचक सकारात्मक रहे पनि सेवा खाता भने नकारात्मक रहेको छ । साउनमा खुद सेवा आय ११ अर्ब २७ करोड रुपैयाँले घाटामा रहेको छ । सेवा खाताअन्तर्गत विदेशीले नेपालमा गर्ने खर्च अर्थात् भ्रमण आय ६२ दशमलव ६ प्रतिशतले बढेर ४ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको साउनमा यस्तो आय २ अर्ब ७० करोड रुपैयाँ रहेको थियो ।

आयसँगै भ्रमण व्यय अर्थात् नेपालीले विदेशमा गर्ने खर्च पनि साउनमा ५४ प्रतिशतले वृद्धि भई १७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । यसमध्ये वैदेशिक शिक्षाका लागि १० अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array