फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

आर्थिक लाइभ
आर्थिक लाइभ २९ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ ।शुक्रबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र पेट्रोल लिटरमा १ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले बताए ।

अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १८३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । पेट्रोलियम पदार्थ तथा ग्याँसको स्वचालिम मूल्य कार्यविधि, २०८० अनुसार सो मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । भारतीय आयल निगमले मंगलबार पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल १ रुपैयाँ ज्ञद्द पैसा र डिजेलमा २ रुपैयाँ ९१ पैसा वृद्धि भएर आएको थियो।

प्रतिक्रिया दिनुहोस्

Array