बुवाको मुख हेर्ने दिनमा आइएमई पेले ल्यायो अफर, विजेतालाई आकर्षक गिफ्ट ह्याम्पर

आर्थिक लाइभ
आर्थिक लाइभ २७ भाद्र २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै ‘Memories with Father: Share the Joy’ नामक अफर सार्वजनिक गरेको छ।

भदौ २६ गतेदेखि भदौ २८ गते सम्म चल्ने यो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफू र आफ्नो बुवाको मीठा, रमाइला र यादगार पललाई समेटेर कमेन्ट लेख्ने र #babarama पनि राखेर पोस्ट गर्नुपर्नेछ।

तीमध्ये सबैभन्दा उत्कृष्ट (रोमाञ्चक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिने र विजेताहरुलाई ह्युमन फिटको रु. ५ हजारबराबरको गिफ्ट ह्याम्पर उपहारस्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्