एभरेस्ट बैंकले २०.५३ प्रतिशत लाभांश दिने

आर्थिक लाइभ
आर्थिक लाइभ २७ भाद्र २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट कुल २०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको बुधबारको बैठकले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

Array