काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तरगतको प्रभु सेलेक्ट फण्डले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक प्रभु क्यापिटलको २५ भदौ सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रभु म्युचुअल फण्ड अन्तरगतको प्रभु सेलेक्ट फण्डले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट ९.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

उक्त योजनाको इकाइधनी दर्ता किताब बन्द हुने सूचना निकट भविष्यमा प्रकाशित हुने प्रभु क्यापिटलले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्