सिन्धु विकास बैंकले मनायो १४ औं वार्षिकोत्सव

आर्थिक लाइभ
आर्थिक लाइभ २५ भाद्र २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले आफ्नो १४औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाएको छ । बैंकको वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले विभिन्न कार्यक्रमहरुमध्ये जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपालाई ट्राफिक उपरकारण तथा सुरक्षा सामग्री हस्तान्तरण, बिभिन्न विद्यालयहरुमा शैक्षिक सामग्रीहरु बितरण लगायत खेलकुद प्रतियोगिता गर्नुका साथै बैंकको कर्पोरेट कार्यालय बनेपा तथा क्षेत्रीय कार्यालय नारायणगढको प्राङ्गणमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा बनेपा बजार तथा नारायणगढ बजार आसपासका स्थानिय वासिन्दा, नेपाल प्रहरी, जिल्ला रेडक्रस सोसाईटी तथा विभिन्न बैँक वित्तीय संस्था एवं संघ संस्थाका प्रतिनीधिहरु लगायत बैंकका संचालक समितिका अध्यक्ष, संचालक, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च कर्मचारीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भयोे । उक्त खुला रक्तदान कार्यक्रममा करिब १०० दाताहरुले रक्तदान गर्नुभएको थियो ।

सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैंकिङ्ग इकाइबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागि सम्पूर्ण शाखा कार्यालयहरुमार्फत मोवाईल बैंकिङ्ग, SCT डेबिट कार्ड,SMS Banking, QR Code, C–ASBA, Connect IPS, RTGS लगायत सेवाहरु प्रदान समेत गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array