इसेवाको बैंक लिंक एकाउन्टमार्फत भुक्तानी गर्दा आकर्षक उपहार जित्न सकिने

आर्थिक लाइभ
आर्थिक लाइभ २४ भाद्र २०८०, आईतवार
4 Min Read
Aa

काठमाडौं । इसेवाले लिङ्क गरिएको बैंक खाता मार्फत सिधै भुक्तान गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरेको छ । इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खाता मार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरिएको हो ।

भाद्र २० देखि असोज १८ गतेसम्म सञ्चालन हुने यस अफरमा बम्पर उपहार विजेताले ३५० सी सी को मोटरसाइकल जित्न सक्नेछन् । यस योजनामा दैनिक, साप्ताहिक र मासिक पुरस्कारहरू जित्न सकिन्छ ।

उपहार पुरस्कारहरूको लागि योग्य हुन, सहभागीहरूले योजना अवधिमा उनीहरूको लिङ्क गरिएको बैंक खाताहरू प्रयोग गरेर भुक्तानी गर्नुपर्नेछ ।

दैनिक पुरस्कारहरू

दैनिक पुरस्कार विजेताहरूको सूची प्रत्येक हप्ता घोषणा गरिनेछ। दैनिक विजेताहरू बम्पर पुरस्कारसँगै साप्ताहिक र मासिक पुरस्कारहरूका लागि पनि योग्य हुनेछन्।

सि .न. पुरस्कार कारोवार विजेताहरूको संख्या
१% वा रु ७५ सम्मको Promocode लिङ्क गरिएको बैंक खाता मार्फत एयरलाइन्स्को टिकट काट्दा सबैजनालाई
१००% क्यासब्याक (Cashback)   रु १००० सम्म लिङ्क गरिएको बैंक खाता मार्फत नमस्ते मोबाईलको पोष्टपेड तथा प्रिपेड मोबाईलको रिचार्ज गर्दा हरेक दिन एकजनालाई
इसेवा केयरको सुविधा (दुईलाख रूपैयाँसम्मको इन्स्योरेन्स् ) लिङ्क गरिएको बैंक खाता मार्फत लाइफ इन्स्योरेन्स्को नविकरण हरेक दिन एकजनालाई
१००% क्यासब्याक (Cashback)   रु १००० सम्म लिङ्क गरिएको बैंक खाता मार्फत नेपाल टेलिकमको फाइबर नेटको भुक्तानी गर्दा हरेक दिन एकजनालाई
१००% क्यासब्याक (Cashback)   रु ५०० सम्म लिङ्क गरिएको बैंक खाता मार्फत एन्टिभाइरस खरिद गर्दा हरेक दिन एकजनालाई

साप्ताहिक पुरस्कारहरूः

सि .न. पुरस्कार कारोवार विजेताहरूको संख्या
स्मार्ट फोन लिङ्क गरिएको बैंक खाता मार्फत  बैंक एकाउन्टबाट रकम लोड गर्दा हरेक हप्ता १ जनालाई
इनडक्सन चुलो बैंक लिंक एकाउन्टबाट बिजुलीको महशुल भुक्तानी हरेक हप्ता १ जनालाई
१००% क्यासब्याक (Cashback) लिङ्क गरिएको बैंक खाता मार्फत  आन्तरिक हवाइ टिकटको खरिदमा हरेक हप्ता १ जनालाई
होटल बुकिङ निशुल्क लिङ्क गरिएको बैंक खाता मार्फत  होटल बुकिङ गर्दा हरेक हप्ता एकजोडीलाई
१० १००% क्यासब्याक (Cashback)   रु ५०००  सम्म लिङ्क गरिएको बैंक खाता मार्फत  क्यूआर भुक्तानी गर्दा हरेक हप्ता १ जनालाई
११ १००% क्यासब्याक (Cashback)   रु ५०००  सम्म लिङ्क गरिएको बैंक खाता मार्फत स्कुल कलेजको शुल्क भुक्तानी गर्दा हरेक हप्ता १ जनालाई
१२ वाटर डिस्पेन्सर लिङ्क गरिएको बैंक खाता मार्फत  खानेपानीको  महशुल भुक्तानी गर्दा हरेक हप्ता १ जनालाई

साप्ताहिक पुरस्कार विजेताहरूको सूची प्रत्येक हप्ता घोषणा गरिनेछ। साप्ताहिक विजेताहरू बम्पर पुरस्कारसँगै दैनिक र मासिक पुरस्कारहरूका लागि पनि योग्य हुनेछन्।

उपहार ह्याम्परहरू सङ्कलन गर्न, विजेताहरूले आफ्नो प्यान कार्ड विवरणहरू बुझाउनु पर्छ र पुल्चोक, ललितपुरमा रहेको ईसेवाको मुख्य कार्यालय वा तोकिएको शाखा कार्यालयमा जानुपर्नेछ।

नेपालको प्रचलित कानुन अनुसार भाग्यशाली विजेताले जितेको पुरस्कारमा २५ प्रतिशत रकमको विन्ड फल गेन कर लगाइनेछ।

मासिक पुरस्कारहरू

सि .न. पुरस्कार कारोवार विजेताहरूको संख्या
१३ १००% क्यासब्याक (Cashback)   रु १०,००० सम्म लिङ्क गरिएको बैंक खाता मार्फत  आन्तरिक राजस्व विभागको कर भुक्तानी गर्दा १ जनालाई
१४ रु १००,००० सम्मको सपिङ भौचर लिङ्क गरिएको बैंक खाता मार्फत  बैंक ट्रान्स्फर गर्दा अथवा माईक्रो फाइनान्स्को शुल्क भुक्तानी गर्दा १ जनालाई
१५ १००% क्यासब्याक (Cashback)    रु  २०,००० सम्म लिङ्क गरिएको बैंक खाता मार्फत  TMS Collateral लोड तथा बिल भुक्तानी गर्दा १ जनालाई
१६ १००% क्यासब्याक (Cashback)   रु १०,००० सम्म लिङ्क गरिएको बैंक खाता मार्फत  क्रेडिट कार्ड भुक्तानी गर्दा १ जनालाई
१७ टि भी लिङ्क गरिएको बैंक खाता मार्फत   इन्टरनेटको महसुल तिर्दा १ जनालाई

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत ७५ लाख बढि ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका २ लाख १५ हजार भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, लोक सेवा आयोग को आबेदन दस्तुर , आन्तरिक राजश्व कार्यालयको राजश्व, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array