कृषि विकास बैंकको ‘एडीबीएल स्मार्ट प्लस’ मोबाइल बैंकिङ

आर्थिक लाइभ
आर्थिक लाइभ २२ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोबारलाई सहज बनाउन मोबाइल बैंकिङ सिस्टम अपग्रेड गरेको छ । करिब पाँच लाख मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताको कारोबार सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसावले मोबाइल बैंकिङको नयाँ भर्सन एडीबीएल स्मार्ट प्लस जारी गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिए ।

मोबाइल बैंकिङको युजर पासवर्ड प्रयोग गरी वेबबाट लगिन गर्न सकिने र लगिन गर्दा इन्टरनेट बैंकिङ सेवा सरहको भुक्तानी सीमा कायम हुने बैंकले जनाएको छ । ‘बैंकले उपलब्ध गराएका डेविट कार्ड, मुद्दती खाता, व्यक्तिगत कर्जा लगायतका सेवाको ब्याजदर, कारोबार रकम तथा म्यचुरिटी डेट यसमा हेर्न सकिनेछ’ बैंकले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘विभिन्न वालेटहरुमा व्यालेन्स लोड गरी कारोबार गर्न सकिनेछ ।’

ग्राहक सेवामा देखिएका समस्या तथा जानकारी सम्प्रेषण गर्न सकिने गरी कस्टमर फिडब्याक सम्बन्धी व्यवस्था यसमा रहेको बैंकले जनाएको छ । बैंकले उपलब्ध गराएको डेबिट कार्ड हराएमा वा चोरी भएमा मोबाइल बैंकिङबाट कार्ड ब्लकका लागि अनुरोध गर्न सकिनेछ । बैंकका अनुसार डेबिट कार्डको पिन बिर्सेमा पुनः अनुरोध गर्न सकिने, चेक बुक तथा बैंक विवरण अनुरोध गर्न सकिने, बचत खातामा भएको रकमबाट मुद्दती खाता खोल्न सकिने जस्ता विशेषता यसमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्