वडाध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आर्थिक लाइभ
आर्थिक लाइभ १७ भाद्र २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं । दानमा पाएको जग्गा किनेको भनेर गाउँपालिकाबाट रकम भुक्तानी गरेको आरोपमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दान गरेको जग्गा किनेको भनी ६ लाख रुपैयाँ भुक्तानी दिएको आरोपमा भण्डारीसँगै वडा नं २ का पूर्ववडाध्यक्ष रमेशकुमार बस्नेत र तत्कालिन लेखापाल जीवन सुवेदीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

वडा नं २ को भवन निर्माणका लागि दानपत्रमार्फत निशुल्क जग्गा प्राप्त गरेपछि त्यस जग्गालाई किनेको भनेर ६ लाख रुपैयाँ भुक्तानी दिलाउन उनीहरुको भूमिका देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array