बैंकर्स क्लब तौलिहवाद्वारा आयोजित वृहत् रक्तदानमा ४३ प्रिन्ट रगत संकलन

आर्थिक लाइभ
आर्थिक लाइभ १७ भाद्र २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं । बैंकर्स क्लब तौलिहवाले तौलिहवास्थित नेपाल रेडक्रसमा आयोजना गरेको “रक्तदान कार्यक्रम” मा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु लगायत ग्राहक वर्ग र सुरक्षाकर्मीबाट ४३ प्रिन्ट रगत संकलन भएको छ ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, कपिलवस्तु जिल्ला शाखाका सभापति केशव सिंह विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रम संयोजक राजीव श्रीवास्तव (शाखा प्रबन्धक, इन्भेष्टमेण्ट ७ फाइनान्स क.) र कार्यक्रम सहजीकरण प्रकाश आचार्य (शाखा प्रबन्धक, ग्लोबल आईएमई बैंक) र कार्यक्रमको अध्यक्षता नवीन बहादुर श्रेष्ठ (शाखा प्रबन्धक, गुहेश्वरि मर्चेण्ट बैकिङ एण्ड फाइनान्स) ले गरेका थिए ।

मानवताको लागि गरिएको सो कार्यक्रममा क्लबका सदस्यका रुपमा रहेका १८ बैंक तथा वित्तीय संस्थाका शाखा प्रबन्धकहरुले आर्थिक साथै भौतिक सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array