मेयर बालेनको चेतावनी, ‘महानगरको गाडी रोके सिंहदरबारमा आगो लगाइदिन्छु’

आर्थिक लाइभ
आर्थिक लाइभ १६ भाद्र २०८०, शनिबार
0 Min Read
Aa

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन्। शनिबार साँझ सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै उनले आफ्नो आक्रोश पोखेका हुन्। उनले सरकालाई ‘चोर’को संज्ञा दिँदै आजका लागि केही नभएको पनि बताएका छन्।

‘आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु,’ मेयर शाहले लेखेका छन्, ‘याद राख चोर सरकार।’

प्रतिक्रिया दिनुहोस्

Array