पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति(सूचीसहित)

आर्थिक लाइभ
आर्थिक लाइभ १४ भाद्र २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार राति १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र ग्यासको मूल्य बढाएको हो। यस वृद्धिसँगै पेट्रोलको नयाँ मूल्य १८२ रुपैयाँ प्रतिलिटर पुगेको छ। त्यस्तै डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ८९५ रुपैयाँ पुगेको छ।

यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ तथा एलपी ग्यासको मूल्य प्रतिलिटर १ हजार ६६० रुपैयाँ रहेको थियो। पछिल्लो समय बिहीबार इण्डियन आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ १७ पैसा र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ ४८ पैसा बढेर आएको निगमको दाबी छ।

त्यस्तै एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १८६ रुपैयाँ ४५ पैसाले बढेर आएको दाबी निगमले गरेको छ। निगमले गत साउन १ गतेदेखि स्वचालित मूल्य प्रणाली कार्यविधिको नाममा प्रत्येक १५ दिनमा महंगी बढाउने काम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

Array