माछापुच्छ्रे बैंकले शेयरधनीलाई १४ प्रतिशत लाभांश दिने

आर्थिक लाइभ
आर्थिक लाइभ १३ भाद्र २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । माछापुच्छ्रे बैंकले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ । बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशमध्ये १३.३० प्रतिशत बोनस सेयर र ०.३० प्रतिशत नगद लाभांश हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
बैंकले प्राथमिक पूँजीकोष पुर्‍याउन नसक्दा आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट गत आर्थिक वर्षमा सेयरधनीलाई लाभांश वितरण गर्न पाएको थिएन । दुई आर्थिक वर्षको मुनाफाबाट बैंकले यसपटक १४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array