मुक्तिनाथ विकासका ग्राहकले एभरेष्ट ओल्ड होटल र छाँया अस्पतालमा छुट पाउने

आर्थिक लाइभ
आर्थिक लाइभ १२ भाद्र २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले अर्घाखाँचीको सन्धिखर्कमा रहेको एभरेष्ट ओल्ड होटल अर्घाखाँची र छाँया अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ।

यस व्यवसायिक सम्झौतापछि बैंकका ग्राहकहरूले एभरेष्ट ओल्ड होटल अर्घाखाँचीमा १० प्रतिशतसम्म छुट पाउने बैंकले बताएको छ।

यस्तै, छाँया अस्पतालको विभिन्न सेवाहरू बेड चार्ज, सर्जरी, चेकअप, ओपिडी, ल्याब टेस्टहरूमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Array