अब ३ करोड रुपैयाँसम्मको कर्जामा चालु पुँजी कर्जा मार्गदर्शन आकर्षित नहुने

आर्थिक लाइभ
आर्थिक लाइभ ११ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं । अब ३ करोड रुपैयाँसम्मको कर्जामा चालु पुँजी कर्जा मार्गदर्शन आकर्षित नहुने भएको छ। नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै उत्पादनमूलक उद्योगका लागि यस्तो व्यवस्था गरेको हो। उद्योगी, व्यवसायी, बैंकर र अर्थ मन्त्रालयको आग्रहपछि राष्ट्र बैंकले विद्यमान व्यवस्था संशोधन गर्दै चालू पुँजी कर्जा परिमार्जन गरेको हो।

यसअघि यस्तो सीमा १ करोड रुपैयाँसम्म थियो। ‘समग्र बैंकिङ प्रणालीबाट कुल १ करोडसम्म (उत्पादनमूलक उद्योगका हकमा कूल ३ करोडसम्म) चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीका लागि यो मार्गदर्शन लागू हुने छैन,’ राष्ट्र बैंकले जारी गरेको परिपत्रमा छ।

यस्ता ऋणीलाई प्रवाह हुने चालू पुँजी कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालू पुँजी कर्जासम्बन्धी नीतिको अधीनमा रही निर्धारण गर्न सक्ने राष्ट बैंकले उल्लेख गरेको छ।

तर, चालू पुँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार उक्त मार्गदर्शनबमोजिम नै हुनुपर्ने छ। त्यसैगरी २ करोड रुपैयाँसम्मको उत्पादनमूलक उद्योगका हकमा सीमा बढाएर ४ करोड रुपैयाँ पुर्‍याइएको छ।

प्रतिक्रिया दिनुहोस्