२ करोड बढीको चालु पुँजी कर्जाको हकमा वार्षिक कारोबारको २५ प्रतिशतसम्म कर्जा

आर्थिक लाइभ
आर्थिक लाइभ ११ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन, २०७९ (प्रथम संशोधन) गरेको छ। राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन, २०७९ (प्रथम संशोधन) गरी २ करोड (उत्पादनमूलक उद्योगको हकमा ४ करोड) भन्दा बढी चालु पुँजी कर्जाको निर्धारणका लागि चालु पुँजी आवश्यकताको विश्लेषण गर्दा प्रमानेन्ट वर्किङ क्यापिटल र फल्कचुयटेड वर्किङ क्यापिटलको पहिचान गर्नुपर्ने व्यवस्था मिलाएको हो।

फल्कचुयटेड वर्किङ क्यापिटलको लागि वार्षिक अनुमानित कारोबार–बिक्रीको अधिकतम २५ प्रतिशतले हुने रकमभन्दा बढी नहुने गरी कर्जा स्वीकृती गर्नुपर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

Array