कामना सेवा विकास बैंकले ल्यायो ‘तिम्रै लागि’ मुद्दती र बचत खाता

आर्थिक लाइभ
आर्थिक लाइभ ५ भाद्र २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं। कामना सेवा विकास बैंकले ग्राहकका लागि नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ। बैंकले पारिवारिक सम्बन्ध बलियो बनाउने उद्देश्यले ‘तिम्रै लागि’ मुद्दती र बचत खाता सञ्चालनमा ल्याएको हो।

पछिल्लो समय आफन्तपन र पारिवारिक सम्वन्धको महत्वलाई लिएर विभिन्न पर्व, उत्सव तथा दिवसमा उपहार दिने प्रचलन बढेकामा यस्ता उपहार कुनै अप्ठ्यारो अवस्थामा प्रयोग गर्न सकिने तथा आर्थिक सहयोगको समेत आभास हुने गरी उपहारको नयाँ परम्परा सुरुवात गर्न बैंकले नयाँ निक्षेप योजना ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए।

सम्बन्धको महत्व दर्शाउँदै उक्त खाता हजुरबुबा हजुरआमा, बुबाआमा, श्रीमान्, श्रीमती, दाजुभाई, दिदीबहिनी, छोराछोरी तथा नातीनातिनाले आफ्नो पारिवारिक सम्बन्धभित्र जो कसैलाई पनि उपहारस्वरूप उक्त मुद्दती खाता उपहार गर्न सकिने बैंकले जनाएको छ ।
न्युनतम १० हजारमा नै खोल्न सकिने मुद्दती खातामा मासिक ब्याज प्राप्त गर्न सकिनेछ । उक्त खाता खोल्दा बैंकको मोवाइल तथा इन्टरनेट बैंकिङ, लकर सुविधा र डेविट कार्ड निःशुल्क प्राप्त गर्न सकिने छ।

उक्त मुद्दती खातामा रहेको मौज्दातको ९० प्रतिशतसम्म कर्जा सुविधा तत्कालै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । उपहार परम्परा सुरुवात गर्न ल्याइएको उक्त खातामा आवश्यकताअनुसार थप रकम जम्मा गर्दै जान सकिने विशेषता रहेको बैंकको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

Array