मर्चवारीका पूर्वप्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आर्थिक लाइभ
आर्थिक लाइभ ३१ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउँपालिकाको विभिन्न विकास निर्माणको काममा तथा तालिम कार्यक्रमहरुमा कमिसन लिएको आरोपसहित ७ जना विरुद्ध मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्याल, उनका छोरा पवनकुमार अर्याल, वडा ३ का तत्कालीन अध्यक्ष नारायणबहादुर यादव, वडा नम्बर ५ र ६ का वडासचिव गुलाब यादव, समृद्ध नेपाल इनर्जीका प्रोपाइटर विनोदबाबु तिवारी, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजन र मानसरोवर टेक्निकल ट्रेनिङ इन्स्टिच्युटका प्रोपाइटर अमरिश यादवविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत अर्यालले १३ लाख ४५ हजार रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ । घुस लिएको रुपैयाँ जफत, त्यस अनुसारको जरिवाना र कैद सजायको मागदाबी अख्तियारले लिएको छ । उनका छोरा पवनकुमारसँग पनि सोही बिगो बमोजिमको सजाय माग दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array