अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा

आर्थिक लाइभ
आर्थिक लाइभ ३१ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । अनौपचारिक क्षेत्र र स्वरोजगारका रुपमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको आज शुभारम्भ भएको छ । अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षा कार्यक्रम आजदेखि लागू हुँदैछ ।

सामाजिक सुरक्षा कोषले आयोजना गरेको उक्त कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले औपचारिक रुपमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षा कोषमा समेटिएको घोषणा गरे ।

अनौपचारिक क्षेत्रका श्रमिक भन्नाले रोजगारदाता निश्चित नभएका कृषि क्षेत्र, निर्माण क्षेत्रलगायतका श्रमिक तथा मजदुर पर्छन् । यसअघि औपचारिक क्षेत्रमात्र सामाजिक सुरक्षा कोषमा आवद्ध भए पनि अनौपचारिक क्षेत्र र स्वरोजगार व्यक्ति समेटिएका थिएनन् । कार्यक्रममा रोजगारदाता र श्रमिक संगठनका प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

Array