नबिल बैंकले ल्यायो घर कर्जा योजना, २० वर्षे स्कीममा यस्तो छ ब्याजदर

आर्थिक लाइभ
आर्थिक लाइभ २९ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं । नबिल बैंकले घर कर्जा योजना ल्याएको छ। ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना कार्यक्रम अन्तर्गत बैंकले २० वर्ष सम्मका लागि ऋण दिनेछ।

यो योजनामा नबिलले दुई स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको जनाएको छ। बैंकका अनुसार जसमा ७ वर्षको लागि प्रति वर्ष १०.९९ प्रतिशत र १० वर्षको लागि प्रति वर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदर राखिएको छ ।

नबिल बैंकका पर्सनल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले भनिन्, ‘जब घर कर्जाको कुरा आउँछ, घरधनीहरू हरेक महिना तिर्नुपर्ने प्रिमियम दरमा हुने परिवर्तनले आत्तिने गर्छन्। यसैलाई ध्यान दिएर यो योजना ल्याएका हौं।

बैंकले पहिलो पटक घर खरिद गर्नेलाई ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ भने अन्यले झन्झटरहित कर्जा प्रक्रियामा ६० प्रतिशतसम्म वित्तीय सुविधा पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो योजनामा दुई लाख रुपैयाँ सम्मको क्रेडिट कार्ड सेवा निःशुल्क जारी गर्ने बैंकले जनायो।

प्रतिक्रिया दिनुहोस्

Array