आयातमा लचक बन्दै राष्ट्र बैंक

आर्थिक लाइभ
आर्थिक लाइभ २३ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । विदेशी मुद्राको सञ्चिति बढेपछि नेपाल राष्ट्र बैंकले आयातलाई खुकुलो बनाएको छ । सोमबार परिपत्र जारी गर्दै केन्द्रीय बैंकले वस्तु आयात गर्दा एलसीको सीमा बढाएको हो।
भारतबाट हुने आयातमा भारतीय रुपैयाँ ३ करोड रुपैयाँसम्मको एलसी खोल्न पाइनेछ भने तेस्रो मुलुकबाट मालसामान आयात गर्दा एक पटकमा ६० हजार अमेरिकी डलर बराबरको एलसी खोल्न पाइने भएको छ। यस अघि ५० हजार अमेरिकी डलर बराबरको मात्रै एलसी खोल्न पाइने व्यवस्था थियो।

प्रतिक्रिया दिनुहोस्