अब विकास बैंकहरुले पनि थप पुँजी कोष कायम गर्नुपर्ने

आर्थिक लाइभ
आर्थिक लाइभ १२ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले पनि थप पुँजी कोष कायम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका विकास बैंकहरुलाई पनि काउन्टर साइक्लिकल बफर कायम गर्न निर्देशन दिएको हो । केन्द्रीय बैंकले मौद्रिक नीति जारी गर्दै राष्ट्रियस्तरका विकास बैंकहरुले समेत पूर्ण रुपमा ‘क्यापिटल एडेक्वेसी फ्रेमवर्क २०१५’ अनुसार पुँजी कोष कायम गर्नुपर्ने व्यवस्था लागू गर्ने बताएको थियो ।सोही अनुसार शुक्रबार निर्देशन जारी भएको छ । अब राष्ट्रियस्तरका विकास बैंकहरुले पनि काउन्टर साइक्लिकल बफरको रुपमा थप पुँजी कोष कायम गर्नुपर्नेछ । चालु आर्थिक वर्षदेखि वाणिज्य बैंकहरुमा उक्त व्यवस्था लागू भएको छ । जसअन्तर्गत ११% रहेको पुँजी कोषमा काउन्टर साइक्लिकल बफर अनुसार आवश्यकता अनुसार थप गरी कुल १३.५% पुँजी कोष कायम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

Array