राष्ट्र बैंकले ४१ करोड मुद्दति निक्षेपमा लगानी गर्दै

आर्थिक लाइभ
आर्थिक लाइभ १० श्रावण २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४१ करोड रुपैयाँ मुद्दति निक्षेपमा राख्ने भएको छ । केन्द्रीय बैंकले साउन १६ गते देखि २०८१ साउन ११ गतेसम्मका लागि ४१ करोड रुपैयाँ मुद्दति निक्षेपमा राख्न लागेको जनाएको छ ।

बैंकले उक्त रकम १ वर्षका लागि वाणिज्य बैंक, राष्ट्रिय स्तरका विकास बैंक र राष्ट्रिय स्तरका वित्त कम्पनीमा राख्ने भएको छ । वाणिज्य बैंकमा ३२ करोड ८० लाख, विकास बैंकमा ६ करोड १५ लाख रुपैयाँ र वित्त कम्पनीमा २ करोड ५ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

मुद्दती निक्षेप लिनका लागि राष्ट्र बैंकले तोकेको मापदण्ड पुरा गरेको हुनुपर्ने छ । निक्षेपमा पैसा लिन बैंक तथा वित्तीय संस्था सञ्चालमा आएको २ वर्ष पुरा भएको, न्यूनतम पुँजीकोष अनुपात कायम गरेको, खराब कर्जा ५ प्रतिशत भन्दा कम भएको हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

Array