आवसीय घर कर्जाको सीमा ५० लाख बढ्यो

आर्थिक लाइभ
आर्थिक लाइभ ७ श्रावण २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गर्दै आवासीय घर कर्जाको सीमा ५० लाखले बढाएको छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत हाल कायम रहेको १ करोड ५० लाखको सिमालाई बढाएर २ करोड पुर्याउने नीति राष्ट्र बैंकले लिएको हो।

मौद्रिक नीतिमा धितो कर्जा, रियल स्टेट कर्जा तथा हायरपर्चेज कर्जाको जोखिमभार पुनरावलोकन गरिने पनि उल्लेख छ। राष्ट्र बैंकले सेयर बजार, घरजग्गा कारोबार र हायरपर्चेज क्षेत्रमा प्रवाह हुने कर्जाको भार घटाउने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीतिमा शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाको विद्यमान जोखिम भारसम्वन्धी व्यवस्था पुनरावलोकन गर्ने बताएको छ। सेयर बजार तथा रियल स्टेटमा हाल १५० प्रतिशत जोखिम भार कायम गरिएको छ। अर्थमन्त्री तथा निजी क्षेत्रले घरजग्गा तथा सेयर कारोबार खुकुलो बनाउन माग गर्दै आएका थिए।

सोही अनुरुप राष्ट्र बैंकले जोखिम भार पुनरवलोकन गर्ने नीति लिएको छ। जोखिम भार घटाउने भने पनि कति कायम गर्ने भन्ने विषयमा राष्ट्र बैंक मौन देखिएको छ। राष्ट्र बैंकले जारी गर्ने एकिकृत निर्देशनमा यस विषयलाई समेट्ने देखिएको छ।

हाल जोखिमभार १५० प्रतिशत हुँदा घरजग्गामा जाने कर्जा निरुत्साहन गरेको भन्दै खुकुलो नीति लिन राष्ट्र बैंकलाई दबाब परे त्यसलाई १०० प्रतिशतमा झार्नुपर्ने माग उठिरहेको थियो।

प्रकाशित मिति: १४:०७ बजे, आइतबार, साउन ७, २०८०

प्रतिक्रिया दिनुहोस्