आन्दोलनमा उत्रिए निर्माण व्यवसायी

आर्थिक लाइभ
आर्थिक लाइभ २९ असार २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । ठेक्का सम्झौताको म्याद थप्नुपर्ने र समयमै भुक्तानी हुनुपर्ने मागसहित माइतीघर मण्डलामा भर्ना बसेका निर्माण व्यवसायीले अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेका छन् ।

शुक्रबार काठमाडौंको माइतीघर मण्डालमा भेला भएका निर्माण व्यवसायीले अर्थमन्त्रीको राजीनामा माग गर्दै धर्ना दिएका हुन् ।
अर्थमन्त्री, अर्थसचिव र विकासे मन्त्रालयका मन्त्रीहरुले प्रतिबद्धता जनाए पनि समयमै भुक्तानी नभएका कारण आन्दोलनमा उत्रन बाध्य भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।

सरकारले भुक्तानी नदिँदा बैंकले निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको, मजदुरलाई पारिश्रमिक दिन नसकेकोलगायतका समस्या झेल्नुपरिरहेको उनको गुनासो छ ।

महासंघका उपाध्यक्ष रामजी पन्तले निर्माणसम्बन्धी सम्झौता सरकारले गर्ने, व्यवसायीहरुलाई बजारबाट ऋण उठाएर निर्माण गर्न लगाउने तर सरकारले भुक्तानी नदिँदा निर्माण व्यवसाय नै धरापमा परेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

Array