अपरेटरहरुको तलब भत्ता समयमै भुक्तानी गर : हेभी इक्वीपमेन्ट अपरेटर संघ

आर्थिक लाइभ
आर्थिक लाइभ २८ असार २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं । नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघले देशका विभिन्न स्थानमा कार्यरत अपरेटरहरुले समयमै तलब भक्ता नपाएको गुनासो गरेको भन्दै समयमै तलब भत्ता दिन माग गरेको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै अपरेटर तथा मजदुरहरुलाई शोषण गर्ने तथा दुःख दिने कामगरे देशै भरिका हेभी इक्वीपमेन्ट चालकहरुले सम्पूर्ण कामकाज रोक्ने चेतावनी समेत दिएको छ ।

संघले भनेको छ, ‘निर्माण व्यवसायिहरुको अन्तिम विलभुक्तानीको समयपनि नजिकिँदै गएको छ । तसर्थ, विभिन्न जिल्लाहरुबाट अपरेटरहरुले तलब भत्ता समयमा नपाएको गुनासोहरुको चाङनै लागिहरेको छ । वर्षभरी काम गरेको ज्याला नपाएको भन्दै देशैभरिबाट विभिन्न सामाजिक सन्जालमार्फत अपरेटरहरुको परिश्रमको ज्याला दिलाइदिन आ–आफ्नो जिल्लाहरुमा पायकपर्ने मजदुर संघ, संगठनहरुमा निवेदनको चाङ लागिरहेको छ । व्यवसायीहरुले तलबभत्ता समयमा नदिँदा घर खर्च लगायत अन्य अप्ठ्यारा कामहरु टार्न समेत गाह्रो भएको अपरेटरहरुको गुनासो आइरहेको छ । हामी अपरेटर र व्यवसायी एकअर्काविना हरेक विकाशका काम असम्भव छन् । त्यैसैले देशका बिभिन्न जिल्लाहरुबाट आएको गुनासोलाई मध्यनजर गर्दै सम्पुर्ण निर्माण ब्यवसायीहरुले तपाईको कम्पनीहरुमा कामगर्ने अपरेटर तथा मजदुरहरुलाई समयमै तलब भत्ता भुक्तानि दिइ हामि बीचको सम्बन्धलाई सदैब सुमधुर राखिदिनुहुन सम्पुर्ण निर्माण ब्यवसायिहरुलाई बिनम्रताका साथ हार्दिक अनुरोध गर्दछौं ।’

 

प्रतिक्रिया दिनुहोस्

Array