ब्याजदरको कार्टेलिङ हट्यो

आर्थिक लाइभ
आर्थिक लाइभ २८ असार २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं । वाणिज्य बैंकहरुको ब्याजदर निर्धारण प्रक्रिया स्वय आफैले तोक्ने भएका छन् । हालसम्म नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले बैंकको ब्याजदर तोक्दै आइरहेको थियो ।

अब भने बैंकहरुले खुला बजार प्रतिस्पर्धाको आधारमा ब्याजदर घटबढ गर्न पाउने भएका हुन् । यससँगै ब्याजदर निर्धारणमा एनबीएको कार्टेलिङको समेत अन्त्य भएको छ । हालसम्म वाणिज्य बैंकहरुको ब्याजदर तय गर्ने विषयमा एनबीएको बैठकमा उपस्थित प्रमुख कार्यकारी अधिकृतहरुको सहमति बमोजिम सबै वाणिज्य बैंकले लागू गर्दै आइरहेका थिए ।

बैंकहरूले निक्षेपको ब्याजदर परिर्वतन गर्दा अघिल्लो महिनाको सबै निक्षेपको औसत ब्याजदरमा १० प्रतिशत बिन्दुले मात्रै घटबढ गर्न सक्ने व्यवस्था छ। असारमा बैंकहरूले निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका थिएनन्। साउनमा निक्षेपको ब्याजदर अधिकतम ८.९९ प्रतिशतसम्म हुन सक्ने देखिएको छ।

असारको लागि वाणिज्य बैंकहरूले साधारण निक्षेपमा ५.४ देखि ७.४ प्रतिशतसम्म र मुद्दतीमा ७.९९ देखि ९.९९ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

Array