रूखमा ठोक्किएर मनाङ्ग एयरको हेलिकप्टर दुर्घटना

आर्थिक लाइभ
आर्थिक लाइभ २६ असार २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।

उक्त हेलिकप्टर लिखुपिके गाउँपालिकास्थित वडा ५ मा पर्ने लामजुरा क्षेत्रमा रूखमा ठोक्किएर दुर्घटना भएको अवस्थामा फेला परेको कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए। उनका अनुसार असई निराजन बस्नेतको टोलीले उद्दार जारी राखेको छ।

दुर्घटनास्थलमा हेलिकप्टरमा सवार ६ मध्ये पाँच जनाको शव भेटिएको छ। अर्का एक जनाकाे अवस्था अज्ञात छ। सोलुखुम्बुको सुर्केबाट विहान ९ः५२ बजे काठमाडौँका लागि उडेको कल साइन एनए–एमभी भएको हेलिकोप्टर विहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो। क्याप्टेन चेतबहादुर गुरूङले हेलिकप्टर उडाएका थिए भने पाँच म्याक्सिनकन सवार थिए।

प्रतिक्रिया दिनुहोस्

Array