काठमाडौं । मिटरब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै मिटरब्याज पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्। आइतबार माइतिघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मिटरब्याज पीडितहरुले प्रदर्शन गरेका हुन्।

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक निष्क्रिय भएको छ। संविधान अनुसार अध्यादेश जारी भएको ६० दिनभित्र संसदबाट पारित नभए निष्क्रिय हुन्छ। कानुन निष्क्रिय भएसँगै मिटरब्याज पीडितहरुले कानुन पारित हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन्।

मिटरब्याज पीडित रेखा साहले तीन वटा पार्टीहरु मिलेर मिटरब्याज विरुद्धको कानुन पारित हुन नदिएको आरोप लगाइन्। उनले संसद्बाट मिटरब्याज विरुद्धको कानुन पारित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिइन्। उनले मिटरब्याज पीडितले न्याय नपाएसम्म सडक आन्दोलन गरिरहने बताइन्न।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपाल गरी तीन पार्टी मिलेर कानुन पास हुन नदिएको आरोप समेत उनले लगाइन्।




प्रतिक्रिया दिनुहोस्