धितोपत्र दलाल कम्पनीलाई अनुमति पत्र दिन अर्थ समितिको स्वीकृति

आर्थिक लाइभ
आर्थिक लाइभ ५ असार २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । काठमाडौं । मापदण्ड पूरा गरेर आवेदन दिएका धितोपत्र दलाल कम्पनीलाई अनुमति पत्र (लाइसेन्स) का लागि स्वीकृति दिन सरकारलाई अर्थसमितिले निर्देशन दिएको छ।
मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले मापदण्ड पूरा गरेर आवेदन दिएका धितोपत्र दलाल कम्पनीलाई अनुमति पत्र (लाइसेन्स)दिन धितोपत्र बोर्ड र नेपाल स्टक एक्सेन्जलाई निर्देशन दिएको हो।
समितिले ब्रोकरको रोकिएको लाइसेन्स प्रक्रियालाई पनि निरन्तरता दिन निर्देशन दिएको छ। समितिका ज्येष्ठ सदस्य सन्तोष चालिसेले जेठ २९ गतेको निर्णयबाट स्थगन गरिएको धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत प्रक्रिया सुरु गर्न अर्थ मन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको बताए।

प्रतिक्रिया दिनुहोस्

Array