बहुप्रतिक्षित विद्युतीय गाडी ओरा-०३ को बुकिङ खुला

आर्थिक लाइभ
आर्थिक लाइभ ४ असार २०८०, सोमबार
4 Min Read
Aa

काठमाडौं । भि.जि ईम्पेक्स (जि.डब्लु एम नेपाल)ले आधिकारिक रूपमा आफ्नो बहुप्रतिक्षित विद्युतीय गाडी (ALL–ELECTRIC CROSSOVER ORA 03) ओरा ०३ को बुकिङ खुला गरेको छ

चीन, थाइल्याण्ड, मलेसिया, बेलायत, जर्मनी, अष्ट्रेलिया र न्यूजिल्याण्डमा विभिन्न नामहरूको मोडल, जस्तै : गुडक्याट, फन्कीक्याट र ओआरएका साथ पहिले नै विक्री शुरू भइरहेको गाडी नेपालमा पनि विक्री खुला भएको हो । विश्वभर यसको १ लाख ५० हजार बढी ग्राहकहरू छन् ।

आधुनिक सुविधाहरूको साथ रेट्रो लुक रहेको ओरा ०३ सौन्दर्यको हिसाबले समेत उत्कृष्ट छ । फुल एलईडी हेडलाइट, सर्कुलर डेटाइम रनिंङ लाइटहरू यसको सबैभन्दा आकर्षक डिजाइन विशेषताहरू हुन् । यसको रियर लाइट क्लस्टरहरू रियर विन्डोमा नदेखियोस् भनेर सोहि अनुसार माथि राखिएको छ । जसले गर्दा कारको चौडाइमा विस्तारित प्रकाशले एकल तेर्सो पट्टी स्ट्रिप बनाउँछ ।

यसमा लेदरेट (leatherette) को व्यापक प्रयोग, भित्री डिजाइन र सामग्रीको सन्दर्भमा राम्रो बनाइउको छ । डुअल–डिस्प्ले, डिजिटल इन्स्ट्रुमेन्टेसन र इन्फोटेनमेन्ट सिस्टम प्यानल समेत दिइएको छ । ओरा ०३ ईभी प्लेटफर्ममा विकसित गरिएको छ र यसको मोड्युलर साथै समान आधारभूत वास्तुकलाबाट ठूला र साना सवारी साधनहरू सिर्जना गर्न मिल्ने गरी स्केलेबल डिजाइन पनि गरिएको छ ।

जसमा ७ एयरब्याग, एबीएस को साथमा ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईसीएस), ट्र्याक्सन कन्ट्रोल सिस्टम (टीसीएस), इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक सवारी होल्ड, फ्रन्ट कोलिसन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ जस्ता धेरै सुरक्षा सुविधाहरू छन् ।

यसको अझै रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा प्रणाली, र ANCAP (अष्ट्रेलियन न्यू कार एसेसमेन्ट प्रोग्राम) र EURO ANCAP रेटिङ दुवैमा ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ जसले यसलाई नेपालको बजारमा उपलब्ध सबैभन्दा सुरक्षित विद्युतीय सवारी साधनहरू मध्ये एक बनाएको छ ।

कम्फर्ट र कन्भेनियन्स फ्रन्ट, ठुलो र फराकिलो केबिन, पानोरामिक सनरुफ, लेदर सिट, ड्राइभर पावर सिट, अटोमेटिक एयर कन्डिसनर, एडप्टिभ क्रुज कन्ट्रोल, ५ ड्राइभिङ मोडहरू, जस्ता सुविधाहरू रहेका छन् ।
नेपालमा, ओरा ०३ केवल एक भेरियन्ट प्रो मा उपलब्ध ४७.७८ किलोवाटको Lithium Iron Phosphate Battery (LFP), ४०० कि.मी. रेञ्ज दिन्छ ।

साथै, ओरा ०३ मा ९९किलोवाटको पीक पावर र २१० एनएम टर्क भएको स्थायी चुम्बकीय सिंक्रोनस इलेक्ट्रिक मोटर जडान गरिएको छ । जि.डब्लुएम नेपाललले हाई भोल्टेज ब्याट्री, ड्राइभ मोटर र मोटर कन्ट्रोलरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी र पार्टपुर्जा बाहेक सम्पूर्ण गाडीमा ४ वर्ष वा १ लाख ५० हजार किलोमिटर (जुन पहिले आउँछ) उपलब्ध गराएको छ ।

जि.डब्लु.एमको बारेमा

जि.डब्लु.एम नेपालले हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ जस्ता ग्लोवल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ । जिडब्लुएम–नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरु र प्रिमियम सुविधाहरु उपलब्ध गराउँदै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने वाचा गर्दछ ।

ग्रेट वाल मोटर (जि.डब्लु.एम) ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो जसको विश्वबजारमा ८० सब्सिडायरी र अफिलिएटस्हरु रहेका छन् । साथै, यस कम्पनीको कर्मचारी संख्या ७०,००० भन्दा धेरै रहेको छ । विगत ६ वर्ष देखि यस कम्पनीले हरेक साल १० लाख भन्दा धेरै गाडीहरु बिक्री गरिरहेको छ । चीन बाहेक जि डब्लु एमले आफ्ना उत्कृष्ट गाडीहरु ६० भन्दा धेरै राष्ट्रहरुमा ७०० भन्दा धेरै केन्द्रबाट सफलतापूर्वक बिक्री गरिरहेको छ ।

भि.जी. इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो । वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भि.जी. इम्पेक्स÷ग्रेट वाल मोटर नेपालले यी लोकप्रिय गाडीहरु नेपाल ल्याउन सफल भएको छ । जि.डब्लु.एम नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि ल्याइरहेको छ । कम्पनीले उपभोक्ताहरुलाई नयाँ र वृहत सेवाहरु प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array