नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने देखियोः अर्थमन्त्री

आर्थिक लाइभ
आर्थिक लाइभ १४ जेष्ठ २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं । मुद्रा व्यापार, निर्माण उत्पादनमूलक उद्योग लगायत समग्र आर्थिक क्रियाकलापमा सङ्कुचन आई चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र हुने प्रक्षेपण गरिएको छ । वस्तु आयातमा भएको सङ्कुचन र समग्र मागमा आएको सुस्तताले स्रोतमा समेत सङ्कुचन आई वित्तीय व्यवस्थापनमा समस्या आएको छ’ अर्थमन्त्री डा.महतले बताए ।

विश्व बजारमा पेट्रोलियम पदार्थ तथा खाद्यान्नमा भएको मूल्य वृद्धिका कारण समग्र आयातसँगै वस्तुको मूल्यमा दबाब परेको समेत अर्थमन्त्री डा.महतले बताए । यद्यपि, पछिल्लो समय पेट्रोलियम पदार्थको निरन्तरको घट्दो मूल्यका कारण अन्य वस्तु तथा सेवाको समेत उपभोग्य बजार मूल्य घट्ने देखिएको छ’ डा.महतले भने ।

विगतमा विदेशी मुद्राको सञ्चिति जोगाउन गरिएको आयातको कडाइ, रेमिट्यान्स सुधार र अन्य पक्षहरूले अर्थतन्त्रको बाह्य क्षेत्र समेत सुधारात्मक रहेको उनले बताए । पर्यटन क्षेत्रको सुधारले हौसला प्रदान गरेको समेत अर्थमन्त्री डा.महतले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

Array