कर्जा दुरुपयोगको आशंका बढेपछि राष्ट्र बैंकले थाल्यो अध्ययन

आर्थिक लाइभ
आर्थिक लाइभ १० जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । कर्जा दुरुपयोगको आशंका बढेपछि राष्ट्र बैंकले अनुसन्धान गर्ने भएको छ। राष्ट्र बैंकले वित्तीय संस्थाबाट लिएको कर्जाको उपयोगिताको अध्ययन गर्न परामर्शदातालाई जिम्मा दिने भएको छ।

दश वर्षमा नेपालका बैंकहरूले स्रोत परिचालनमा अभूतपूर्व प्रगति गरे पनि हाल ६ महिनाको बाह्य दबाब थेग्न असक्षम भएपछि अध्ययन हुने भएको छ। बैंकिङ स्रोत परिचालनको गुणस्तरमा प्रश्न उठेको भन्दै अर्थविदहरूले प्रश्न उठाउँदै आएका छन्।

राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शन २०७९ हुबहु कार्यान्वयनमा व्यवसायीले अवरोधसमेत गरेका थिए। अहिले पनि मार्गदर्शन सार्नका लागि लबिङ भइरहेको छ। यो मार्गदर्शन हुबहु कार्यान्वयनमा गएपछि व्यवसाय तथा उद्यम गर्न खोज्नेले ऋण पाउनबाट वञ्चित हुनुनपर्ने राष्ट्र बैंकको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्

Array