बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब नाघ्यो

आर्थिक लाइभ
आर्थिक लाइभ ९ जेष्ठ २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५५ खर्ब नाघेको छ। जेठ ५ गते (मे १९) शुक्रबार बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब २ अर्ब पुगेको हो। पछिल्लो समय वित्तीय संस्थाहरुमा निक्षेप बढ्दै गइरहेको छ। वित्तीय संस्थाहरु कर्जा रोकेर रिकोभरीमा लागेपछि निक्षेप बढ्दै ५५ खर्ब नाघेको हो।

निक्षेप ५५ खर्ब माथि पुग्दा बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ४६ अर्ब रुपैयाँ लगानी गरेका छन्। यता, वाणिज्य बैंकहरुको निक्षेप ४८ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ। वाणिज्य बैंकहरुले ४२ खर्ब ९५ अर्ब रुपैयाँ लगानी गरेका छन्।

निरन्तर निक्षेप बढ्दै जादा बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढ्दै गएको छ। यस दिनसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुसात (सीडी रेसियो) ८४.७२ मा आएको छ।

प्रतिक्रिया दिनुहोस्

Array