काठमाडौं । नियमविपरीत काम गर्ने चार वटा विकास बैंक र एउटा फाइनान्स कम्पनीलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मात्र यी वित्तीय संस्थालाई राष्ट्र बैंकले कारबाही गरेको हो । जसअनुसार कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई निर्देशित कर्जा निक्षेप अनुपात नपुगेको कसुरमा जनही नगद कारबाही गरिएको छ ।
तीमध्ये नारायणी डेभलपमेन्ट बैंकलाई अनिवार्य नगद अनुपात (सीआरआर) नपुर्याएको कसुरमा पनि राष्ट्र बैंकले प्रथम, दोस्रो र तेस्रो त्रैमासमा नगद जरिवाना गराएको छ । यस्तै, चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मल्टिपर्पस फाइनान्स लिमिटेड पनि राष्ट्र बैंकको कारबाहीमा परेको छ । निर्देशित सीआरआर नपुर्याएको आरोपमा राष्ट्र बैंकले उक्त कम्पनीलाई कारबाही गरेको हो ।





प्रतिक्रिया दिनुहोस्