सम्मान तथा समृद्ध गजुरी विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न

आर्थिक लाइभ
आर्थिक लाइभ ७ जेष्ठ २०८०, आईतवार
3 Min Read
Aa

काठमाडौं । धादिङको गजुरी गाउँपालिकामा जन्मेर विविध क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल व्यक्तिहरुको काठमाडौंमा सम्मान गरिएको छ । सम्मान तथा समृद्ध गजुरी विषयक अन्तरसंवाद कार्यक्रम काठमाडौंको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा शनिबार सम्पन्न भएको हो ।

कार्यक्रमका मुख्यअतिथि नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले अहिले देशमा देखापरेको आर्थिक संकुचनका कारणले सरकारले फजुल खर्च कटौती गर्नुपर्ने बताए ।

सांसद पाण्डेले प्रधानमन्त्री र उच्च पदस्थ अधिकारीहरुको सुविधा कटौती गरेर सुरुवात गर्न सरकारलाई सुझाव दिएका छन् । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका सांसद पाण्डेले आफू बागमती प्रदेशको मुख्यमन्त्री हुँदा धेरै कामको सुरुवात गरेको र यसको परिणाम विस्तारै देखिने दाबी गरे । उनले अहिलेको मुख्य समस्या भनेको युवाहरुलाई गाउँघरमा नै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने र त्यसका लागि सरकारले नि:शुल्क तालिमको व्यवस्था गर्नुपर्ने बताए ।

सांसद पाण्डेले अहिले स्थानीय सरकारले सुशासन, विकास र समृद्धिको नयाँ संकल्प सहित अगाडि बढ्नुपर्ने बताउँदै गजुरी गाउँपालिकालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

यसैगरी कार्यक्रममा पूर्व अर्थमन्त्री एवम् एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले गाउँपालिकाको प्रशंसा गर्दै यस्तो कार्यक्रमलाई थप व्यवस्थित बनाएर अघि बढान सुझाव दिए ।

नेता पाण्डेले अहिलेको मुख्य समस्या भनेको बसाई सराई रहेको भदै यसलाई रोक्नु स्थानीय सरकारको लागि ठूलो चुनौती रहेको जिकिर गरे । उनले यसलाई रोक्न स्थानीय सरकारले पालिका भित्र न्युन्तम आधारभुत आवश्यकता र रोजगारीको सुनिश्चिता गर्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पुर्व जलस्रोत मन्त्री ठाकुर शर्माले भने अहिले पालिकाले जसरी काम गर्दै आएको त्यसलाई समय अनुकुल परिवर्तन गर्नुपर्ने हुन्छ ।

देश अहिले आर्थिक रुपमा जून अवस्थ देखा परेको छ यसले स्थानीय सरकारले संचालन गरेको योजनाहरुलाई पुरा गर्नु चुनौतीको रुपमा रहेको बताउदै पहिला पालिकाले प्राथमिकताहरुको निर्धारण गरेर काम गर्ने आग्रह गरे ।

कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्दै पालिकाकी उपाध्यक्ष सर्मिला विशुरालले धेरै पहिला देखी यो कार्यक्रम गर्ने योजना गरिएको भएपनि विविध कारणले गर्ने सकिए ढिलै भएपनि यो कार्यक्रम सुरुवात भएको बताइन् ।

कार्यक्रममा नेपाल सरकारका संसद सचिवालय सचिव रोजनाथ पाण्डेले अहिले स्थानीय सरकारको प्रमुख चुनौती भनेको बसाई सराई कसरी रोक्ने भने हो । यो कार्यक्रमले आगामी दिनमा समेत निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले स्थानीय सरकारले यस प्रकारको अंतर सवाद कार्यक्रम पहिलो पटक आयोजना गरेका बताए । जिल्लामा जन्मेका विभिन्न व्यक्तिहरुसँगको संवादले आफ्नो गाउँठाउको विकासमा महत्वपूर्ण योग्दान पु¥याउने जिकिर गरे । कार्यक्रममा विविध विधामा विशिष्ट पहिचान बनाउन सफल १ सय ६१ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सहभागीहरुले पालिकाले अघि सारेको योजनाहरुको कार्यनयन गर्न केहि नयाँ योजनाहरु ल्याउनुपर्ने सुझाव दिएका थिए । साथै पालिकाले सम्झेर सम्मान गरेको प्रति खुशी व्यक्त गर्दै आगामी दिनहरूमा समेत यसलाई निरन्तरता दिन समेत आग्रह गरे ।

कार्यक्रममा गाउँपालिकाको वडा १ बाट ४२ जना, वडा २ बाट ६० जना, वडा ३ बाट १६ जना, वडा ४ बाट २ जना, वडा ५ बाट १८ जना, वडा ६ बाट १२ जना, वडा ७ बाट ८ जना, वडा ८ बाट ६ जनालाई सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array