पेट्रोल र ग्यासको मूल्य स्थिर, डिजेल र मट्टितेलको मूल्य घट्यो

आर्थिक लाइभ
आर्थिक लाइभ २ जेष्ठ २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ। निगमले प्रकाशित गरेको मूल्य अनुसार पेट्रोल र एलपी ग्यासको मूल्य स्थिर रहेको छ भने डिजेल र मट्टितेलको मूल्य घटेको छ।
ईण्डियन आयल कर्पोरेशन लिमिटेडबाट जेठ २ गतेमा प्राप्त खरिद मूल्यसूची बमोजिम पेट्रोल र डिजेलको मूल्यमा केही रकम घटेर आएको थियो। तर, नेपाल आयल निगमले भने पेट्रोलको मूल्य स्थिर राखि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको हो।

जेठ २ गते राती १२ बजेदेखि लागु हुने नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल १५५ रुपैयाँ, मट्टितेल १६५ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिण्डर १ हजार ८०० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्