सरकारले जेठ ५ मा नीति तथा कार्यक्रम ल्याउँदै

आर्थिक लाइभ
आर्थिक लाइभ २ जेष्ठ २०८०, मंगलवार
0 Min Read
Aa

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम यही जेठ ५ गते ल्याउने तयारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सभामुख देवराज घिमिरेसँगको भेटमा सो जानकारी दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभामुख घिमिरे आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । सो भेटमा संसद् बैठक, सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array