मौद्रिक नीति समीक्षाः १ प्रतिशत घट्यो बैंकदर(पूर्णपाठ)

आर्थिक लाइभ
आर्थिक लाइभ २९ बैशाख २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदर १ प्रतिशत घटाएको छ । राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाई ७.५ प्रतिशत कायम गरेको हो ।

‘मौद्रिक नीतिको अंकुशको रुपमा रहेको नेपाली र भारतीय मुद्राबीचको स्थिर विनिमयदर र बाह्य क्षेत्रतर्फको चालु खाता पूर्ण रुपमा परिवत्र्य रहेको सन्दर्भमा विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता, मौद्रिक नीतिका उद्देश्यहरुको सम्भावित परिदृश्य, छिमेकी देशको नीतिगत दर र दुवै मुलुकबीच कायम रहेको मुद्रास्फीतिबीचको अन्तरलाई मध्यनजर गरी नीतिगत दरलाई ७ प्रतिशतमा यथावत राख्दै विद्यमान बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाई ७.५ प्रतिशत कायम गरिएको छ, ब्याजदर करिडोरअन्र्तगतका अन्य दरहरुलाई यथावत राखिएको छ,’ राष्ट्र बैंकले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array