मिटरब्याजीलाई ७ वर्षसम्मको कैद, रु. ७० हजारसम्म जरिवाना हुने

आर्थिक लाइभ
आर्थिक लाइभ २२ बैशाख २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । सरकारले मिटरब्याजीलाई कडा सजायको व्यवस्था गरेको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्दै अनुचित लेनदेन कारोबारीलाई सजाय थप गरेको अध्यादेश शुक्रबार राजपत्रमा प्रकाशित गरेको हो। जसअनुसार पैसा सापट दिएर मिटरब्याज उठाउनेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ।

मौजुदा मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (क) थप गर्दै सरकारले मिटरब्याजीलाई सजाय बढाएको हो। संशोधित कानुन लागू हुनुअघि भएको लेनदेनको कारोबारका आधारमा ऋणीलाई हैरानी तुल्याउनेहरु ७ वर्षसम्म जेल सजायको भागिदार हुने भएका छन्।

यसैगरी संशोधित कानुनअनुसार लेनदेन नभएको वा नगरेको रकम दिएको लिखत तयार गर्ने, लेनदेन गरेको रकमभन्दा बढी रकमको लिखत तयार गर्ने, लेनदेन गर्दा नै ब्याज रकमसमेत साँवामा जोडी लिखत तयार गर्ने सजायको भागिदार हुनेछन्। ब्याजलाई साँवामा जोडी लिखत तयार गर्ने, ऋणीले तिरेर बुझाएको रकमको भर्पाइ नदिने वा लिखत बनाउने, ऋणको साँवाभन्दा बढी ब्याज लिने, ऋण असुलीको लागि कुनै प्रकारको धम्की दिने, हिंसा वा शोषण गर्ने, अनुचित लेनदेनको आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिने ७ वर्षसम्म कैदी हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array