संघीय संसद्को बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

आर्थिक लाइभ
आर्थिक लाइभ २० बैशाख २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । सरकारले बजेट अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवशेन आह्वानका लागि सिफारिस गरेको हो ।

बजेट अधिवेशन वैशाख २४ गते ४ बजे बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हो । बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत हुनेछ । बजेट ल्याउनु अघी राष्ट्रपतिले संघीय संसद्‌को संयुक्त बैठकमा नीति तथा कार्यकम प्रस्तुत गर्नेछन् । गत शुक्रबारबाट संसदको हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array