अमेरिकामा फेरि डुब्यो अर्को बैंक

आर्थिक लाइभ
आर्थिक लाइभ १९ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । अमेरिकामा फेरि अर्को बैंक टाट पल्टिएको छ । फर्स्ट रिपब्लिक टाट पल्टिएको हो । यसअघि सिलिकन भ्याली र सिग्नेचर बैंक टाट पल्टिएका थिए । पछिल्लो दुई महिनामा अमेरिकामा ३ बैंक डुबेका हुन् ।

सन् १९८५ मा स्थापना भएको फर्स्ट रिपब्लिक अमेरिकाको १४ औं सबैभन्दा ठूलो बैंक थियो। धनाड्यलाई कमशल धितो राखेर ठूलो ऋणी दिएका कारण यो बैंक डुबेको हो ।

अमेरिकाको सबैभन्दा ठूलो बैंक जेपी मोर्गन चेस एण्ड कम्पनीले संकटग्रस्त फस्र्ट रिपब्लिक बैंकलाई किनेको छ । बैंकलाई बचाउने सबै प्रयास विफल भएसँगै फर्स्ट रिपब्लिक बैंकलाई जेपी मोर्गनले किनेको हो ।

प्रतिक्रिया दिनुहोस्