सरकार र महावीर पुनबीच सात बुँदे सहमति

आर्थिक लाइभ
आर्थिक लाइभ १८ बैशाख २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकारबीच सात बुँदे सहमति भएको छ। अध्यक्ष पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको ज्ञापन पत्रका विषयमा सरकार र पुनबीच सात बुँदे सहमति भएको हो।
सरकारका तर्फबाट उपप्रधान, रक्षा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले आविष्कार केन्द्रका माग पूरा गर्नेबारे सहमतीपत्रमा हस्ताक्षर गरेका छन्।

अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने र यस कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरुमा लगानी गर्ने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्