मिटरब्याज पीडितलाई १५ दिनभित्र उजुरी दिन आयोगको आह्वान

आर्थिक लाइभ
आर्थिक लाइभ १४ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं । मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले पीडितलाई १५ दिनभित्र उजुरी पेश गर्न आह्वान गरेको छ। ‘अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग, २०७९’ सम्पर्क कार्यालय गृह मन्त्रालय परिसरबाट अध्यक्ष गौरीबहादुर कार्कीले बिहीबार विज्ञप्ति प्रकाशित गरी यस्तो आह्वान गरेका हुन्।

सरकारले गत चैत २० गते कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। सो आयोगले यही वैशाख १७ गतेदेखि धनुषाको जनकपुरमा कार्यालय स्थापना गर्दैछ। आयोगले १७ गतेदेखि ३१ गतेसम्म उजुरी आह्वान गरेको हो।

प्रतिक्रिया दिनुहोस्

Array