चालू खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्ण बन्योः गभर्नर अधिकारी

आर्थिक लाइभ
आर्थिक लाइभ १४ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कमजोर राजश्व परिचालन र बढ्दो सरकारी चालू खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्ण बनेको बताएका छन्।
बिहीबार राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले पछिल्लो समय आयातमा कमी आउँदा सरकारको राजश्व संकलन गत वर्षकोभन्दा घटेको बताए।
उनले राजश्व संकलनमा कमी आएसँगै बढ्दो सरकारी चालू खर्चले गर्दा सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्ण बनेको बताए। बैंकले ब्याजदर घटाउँदा आन्तरिक आर्थिक गतिविधि बढ्दै जान थालेको बताए।
उनले पछिल्लो महिनामा मूल्यवृद्धि पनि घट्दो क्रममा रहेको बताए। बैंकिङ प्रणालीको कर्जा असुलीमा पनि केही दबाब परेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

Array