चितवन–२ मा रवि लामिछाने विजयी

आर्थिक लाइभ
आर्थिक लाइभ १२ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन् । उनले यसअघिको आफ्नै रेकर्डसमेत तोडेका छन् ।

गएको मंसिर ४ गते भएको चुनावमा उनले ४९ हजार ३ सय मत ल्याएर विजयी भएका थिए भने अहिले ५४ हजार १ सय ७६ मत पाएका छन् । उनले अहिले मंसिरमा पाएको सर्वाधिक मतको पनि रेकर्ड ब्रेक गरेका हुन् ।

उपचुनावमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय ५१ मत ल्याएका छन् । यस्तै, एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array