अर्थमन्त्रीले बनाए तीन सदस्यीय विज्ञ समूह

आर्थिक लाइभ
आर्थिक लाइभ ७ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं । काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले तीन सदस्यीय विज्ञ समूह बनाएका छन्। आफ्ना प्रमुख आर्थिक सल्लाहकार डा विश्व पौडेलको नेतृत्वमा डा पोषराज पाण्डे र डा गुणाकर भट्ट सहभागी हुने गरी अर्थमन्त्रीले विज्ञ समूह बनाएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् भने पाण्डे राष्ट्रिय योजना आयोगका पूर्वसदस्यका साथै अन्तर्राष्ट्रिय व्यापार मामिलाका जानकार हुन्। डा भट्ट नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन्। पौडेल र पाण्डे अवैतनिक रुपमा अर्थमा खटिनेछन् भने भट्टले अर्थ मन्त्रालय आएर काम गर्नेछन्।
यो समूहले अर्थमन्त्रीलाई अर्थ मन्त्रालयसँग जोडिएको विषयमा सल्लाह र सुझावहरु दिनेछन्। विज्ञ समूहका नेतृत्वकर्ता डा पौडेल गत मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेसबाट चितवन- १ मा प्रतिनिधि सभा उम्मेदवार बनेका थिए।

प्रतिक्रिया दिनुहोस्