निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय

आर्थिक लाइभ
आर्थिक लाइभ २९ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । नेपाल बैंकर्स संघले वैशाख १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ ।  बुधबार विहान बसेको बैंकर्स संघको बैठकले निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झर्ने निर्णय गरेको हो ।बैठकले व्यक्तिगततर्फ एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको हो ।

त्यस्तै संस्थागत निक्षेपको ब्याजदर ७.९९ प्रतिशतमा आएको छ । बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतमा झारेको छ । कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array